काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिएका छन् ।
बिहीबार सामाजिक सञ्जाल मार्फत ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त गर्दै नेपाल र बेलायतबीचको दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन चाहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तपाईंको सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त गर्दछु, हाम्रो दुई पक्षीय सम्बन्धलाई अझ मबजुद बनाउन तपाईंसँग काम गर्न चाहन्छु ।’




प्रतिक्रिया