एक अर्कालाई बुझेर पार्टी एकता भएको छ, फुट्दैन : माधव नेपाल

एक अर्कालाई बुझेर पार्टी एकता भएको छ, फुट्दैन : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा नफुट्ने दाबी गरेका छन् ।

उनले नेकपा एमाले र नेकपा माओवादीबीच भएको पार्टी एकता कुनै बच्चाको खेल नभएको बताउँदै नेता नेपालले कम्युनिष्टहरुको पार्टी एकता नफुट्ने दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै नेता नेपालले सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्न आह्वान पनि गरे ।

‘अहिलेको कम्युनिष्ट एकता रातारात भएको होइन । कसैले यो एकता टिक्दैन, फुट्ने भयो भन्ने आशंका गरेका छन् त्यसमा सत्यता छैन,’ नेता नेपालले भने, ‘लामो समयसम्म एकले अर्कालाई बुझेर यो एकता भएको छ । सबै तहका सरकारमा रहेका नेकपाका नेता–कार्यकर्ताहरुको कामको समीक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

‘हामी ठीक बाटोमा हिँडिरहेका छौं । एकतामा एकीकरणको काम पनि अहिले चलिरहेको छ । सबै तहका सरकारमा रहेका साथीहरुको कामको समीक्षा गर्नुपर्छ,’ उनले भने ।