जनमुक्ति सेनाको चेतावनी : प्रचण्ड र बाबुरामलाई ‘हेग’ मा उभ्याउँछौं

जनमुक्ति सेनाको चेतावनी : प्रचण्ड र बाबुरामलाई ‘हेग’ मा उभ्याउँछौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – जनमुक्ति सेनाले तत्कालिन युद्ध कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युद्धका प्रमुख योजनाकार डा. बाबुराम भट्टराईलाई अन्तर्राष्ट्रिय अदालत ‘द हेग’ लैजाने भएको छ ।

सशस्त्र द्वन्द्व र १७ हजार नेपाली मारिएको विषयलाई मुद्दा बनाउँदै बर्हिगमित जनमुक्ति सेनाले आफूहरुमाथि चरम अन्याय र धोका भएको भन्दै उनीहरुलाई ‘हेग’ लैजाने तयारी सुरु गरेको हो ।

विहीबार काठमाडौंकाे रिपोटर्स क्लबमा एक कार्यक्रम आयोजना गर्दै बर्हिगमिन जनमुक्ति सेनाले पुनः स्थापनाको लागि तीन महिना भित्र आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे हेगको प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलनमा पूर्व बाल लडाकुको संस्था बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन बिष्टले भने “कि त प्रभावित बालबालिकाहरुका लागि आवश्यक र उपयुक्त सहयोग गरियोस ।’

बिष्टले जनयुद्धको औचित्य पुष्टि गर्न चुनौती पनि दिए । भविष्यमा फेरि गरीब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन् भन्ने सुनिश्चितता गर्न माग गर्दै बिष्टले बर्हिगमित जनमुक्ति सेनाहरुको तत्काल बिनासर्त रिहा गर्न माग गरे ।