स्कूल विभागको नेतृत्व माग्दै घनश्याम भुसाल

स्कूल विभागको नेतृत्व माग्दै घनश्याम भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफू स्कूल विभाग सम्हाल्नका लागि योग्य नेता भएको बताउँदै विभागको नेतृत्व मागेका छन् ।

बिहिबार लुम्बिनी प्रेस क्लब, सिद्धार्थनगरले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले गुटगतभन्दा माथि उठेर स्कूल विभाग मलाई दिँदा न्यायोचित हुने बताए । उनले भने, ‘यदि पार्टी सामूहिक निर्णयबाट चल्ने हो, मैले गरेको योगदानको मूल्याँकन गर्ने हो र गुटगत स्वार्थभन्दा माथि उठ्ने हो भने स्कूल विभाग मलाई दिँदा न्यायोचित हुन्छ ।’

उनले पार्टीको नीति, सिद्धान्त र विचार निर्माणमा योगदान गरेको जनाउँदै स्कूल विभाग आफूलाई दिन नेतृत्व समक्ष आग्रह गरे । भुसालले पार्टी प्रशिक्षण, माक्र्सवाद लगायत क्षेत्रमा आफूले पार्टी र स्कूल–स्कूलमा पढाउँदै हिँडेकाले यो विभाग आफूलाई दिँदा सबैलाई न्याय हुने बताए । अहिले नेकपामा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कूल विभाग कसले दिने भन्ने विवाद चर्किएको छ ।