काठमाडौं – नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढ्दै गएपछि चिनियाँ हवाइसेवा कम्पनीको आँखा नेपालमा केन्द्रित हुन थालेको छ। चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पुर्याइएको छ।
चीनबाट सातामा ७० उडान हुने सन्न २०१४ को समझदारीमा उल्लेख भएको छ। अहिले भने सातामा ५६ उडान हुँदै आएका छन्। समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन। यो समाचार नागरिक दैनिकमा छ ।




प्रतिक्रिया