विप्लव नेकपाका कास्की सेक्रेटरी पक्राउ

विप्लव नेकपाका कास्की सेक्रेटरी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका एक नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लवका कास्की जिल्ला सेक्रेटरी सुजन विक रहेका छन् ।

उनलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

विकले आफू लडाकु कमाण्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।