नेकपा सचिवालय बैठक आज पनि स्थगित

नेकपा सचिवालय बैठक आज पनि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

विभाग र आयोगको टुंगो लगाउन अपरान्ह ३ बजे बोलाइएको बैठक अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सोमबारसम्मका लागि स्थगित भएको नेकपाका सचिवालय सदस्यं एवं प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

स्कुल विभागमा विवाद आएकाले पूर्वएमाले वा पूर्वमाओवादीमध्ये कसलाई दिने भन्ने सहमति जुट्न सकेको छैन । मुख्य विभागको नेतृत्वमै नेताहरूबीच सहमति नभएपछि यसअघि डाकिएका दुई वटा सचिवालय बैठक स्थगित भैसकेका छन् ।

स्कुल विभागमा पूर्वएमालेबाट रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य इश्वर पोखरेल र पूर्वमाओवादीबाट पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, र पूर्वएमालेबाटै स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि स्कूल विभागमा दावी गरेका छन् ।