काठमाडौं–वीरगञ्ज रेलमार्ग अन्तिम चरणमा : प्रधानमन्त्री ओली

काठमाडौं–वीरगञ्ज रेलमार्ग अन्तिम चरणमा : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको बिकासमा सहयोग पुर्याउन भारतको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

आइतबार ‘नेपाल–भारत लजिस्टिक समिट’ समारोहलाई उद्याटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले विकासशिलबाट विकसित मुलुकतर्फ फड्को मार्न भारतको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।

नेपालको व्यापारको ठूलो हिस्सा भारतबाटै हुने भएकाले त्यसलाई अझै सहज ढंगले अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

नेपाल भारतबीचको वर्तमान दुई पक्षीय सम्बन्ध भनेको सडक सञ्जाल विस्तार भएको बताउँदै उनले रेलमार्ग र जलमार्गबाट दुई देशलाई जोड्न काम गरिरहेको बताए ।

‘नेपाल–भारत जोड्ने जलमार्गले दुई देशीय ब्यापार अझ विस्तार हुनेछ’ उनले भने । उनले काठमाडौं–वीरगञ्ज रेलमार्ग अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपालको समृद्धिका लागि आवश्यक सबै खालको सहयोग गर्न भारत तयार रहेको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनमा दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरु, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयात÷निर्यात सहजीकरणका विषयमा विस्तृत छलफल गर्नेछन् ।