नेकपा सचिवालय बैठक बस्दै, स्कूल विभागको घोषणा आज

नेकपा सचिवालय बैठक बस्दै, स्कूल विभागको घोषणा आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लगातार स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

विभाग प्रमुखका विषयमा सहमति जुटाउन नेकपा सचिवालय बैठक दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाले जनाएको छ ।

बैठकमा पार्टी विभागहरुको नेतृत्व टुंग्याउने विषयमा छलफल हुनेछ । स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षहरुबीच नै कुरा मिल्न नसकेपछि यसअघि डाकिएका तीनवटा बैठकहरु स्थगित हुँदै आएका थिए ।

तर अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर भइरहेका छलफलले पनि पार्टी स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने टुंगो लगाउन सकेका छैन ।

नेकपाका नीति तथा प्रतिष्ठान सहित ३३ वटा विभागमध्ये ३२ वटा विभागको भागवण्डा मिलिसकेको छ । स्कुल विभाग पूर्व एमाले या पूर्व माओवादीमध्ये कसको भागमा पार्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

मुख्य विभागको नेतृत्वमै नेताहरुबीच सहमति नभएपछि यसअघि डाकिएका दुईवटा सचिवालय बैठक स्थगित भएका थिए । स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलको दावी छ ।