काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफुहरु कोही पनि कमजोर नहुने बताएका छन् ।
सोमबार आफ्नै निवास खुमल्टारमा विप्लव समूहका नेता तथा कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले पूर्व जनमूक्ति सेनाले अन्तरराष्ट्रिय अदालतमा पुर्याउने चेतावनी दिएपछि प्रचण्डले हेग लगे पनि आफुलाई केही परक नपर्ने र झन आफु विश्व कै हिरो भएर निस्किने बताए ।
‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ उनले भने, ‘हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे । ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन’ उनले भने ।
अध्यक्ष प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादीहरु रहेको बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरुको विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याउन पाए अहिलेको परिवर्तन उल्ट्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादीहरु लागेका छन् । तर संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म हामीहरु कोही पनि कमजोर हुँदैनौं ।’
पार्टी प्रवेश गर्नेहरुमा रमण घिमिरे, आवास मन्सुरी, सुरेश कुमार यादव, विनोद केसी, सुवास तिवारी राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की, नमराज शर्मालगायत रहेका छन् ।




प्रतिक्रिया