कांग्रेस र राजपाद्धारा संसद बैठक अवरुद्ध

कांग्रेस र राजपाद्धारा संसद बैठक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाही घटनाको संसदीय छानविन समिति गठन र मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै आएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठक अवरुद्ध गरेका छन् ।

सोमवार बसेको प्रतिनिधिसभाको बैठकको शुरूमै कांग्रेस र राजपा सांसदहरू उठेर विरोध जनाएका थिए । उनीहरूलाई समय नदिइ सभामुख कृष्णबहादुर महराले शून्य समयको कारवाही प्रारम्भ हुने बताएपछि कांग्रेस र राजपाका सांसदहरू वेलमा आएका अवरोध गरेका हुन् ।

संसदीय छानविन समितिको माग गरेका कांग्रेस र राजपाले संसदीय सर्वोच्चताको नारा लगाउदै वेलमा आएका थिए ।