बुवाआमा बाँचुञ्जेल सन्तानले सम्पत्तिमाथि हक दाबी गर्न नपाउने व्यवस्था गर्न माग

बुवाआमा बाँचुञ्जेल सन्तानले सम्पत्तिमाथि हक दाबी गर्न नपाउने व्यवस्था गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बुवाआमा बाँचुञ्जेल सन्तानलाई उनीहरुको सम्पत्तिमाथि हक दाबी गर्न नपाउने कानुुनी व्यवस्था गर्न गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सत्तारूढ नेकपाकी सांसद विन्दा पाण्डेले जीवन रहेसम्म बुवाआमाको सम्पत्तिमाथि सन्तानले हक दाबी गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

उनले सन्तानले हकदाबी गरेर बुवाआमाको सम्पत्ति लिने प्रचलित कानुनी व्यवस्था तत्काल हटाउनुपर्ने पनि स्पष्ट पारिन् ।

उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पारिश्रमिकको १० प्रतिशत आफ्ना बुवाआमाको बैंक खातामा जम्मा गरिदिने प्रावधान सबैमा लागू नहुने भएकाले त्यसलाई पनि सो विधेयकबाट हटाउन माग गरिन् ।