प्रधानमन्त्री ओलीले किन बोलाए सबै मन्त्री र सचिवहरुलाई सिंहदरबार ?

प्रधानमन्त्री ओलीले किन बोलाए सबै मन्त्री र सचिवहरुलाई सिंहदरबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र सबै मन्त्रालयका सचिवलाई सिंहदरबार बोलाएका छन् ।

सरकारका कामकारवाहीप्रति सत्तारुढ दलकै कतिपय नेताहरुले प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र मन्त्रालयका सचिवहरुसँग आ–आफ्ना आगामी कार्ययोजना र विगतका कार्यप्रगतिबारे छलफल गर्न साढे १० बजे सिंहदरबार बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिए ।

कार्यक्रममा हरेक मन्त्रालयले प्रधानमन्त्रीलाई चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका योजनाबारे आ–आफ्नो प्रस्तुति दिनेछन् ।