वाह! नेपाल एयरलाइन्स भन्ने दिन आउनेछ : नवनियुक्त मन्त्री भट्टराई

वाह! नेपाल एयरलाइन्स भन्ने दिन आउनेछ : नवनियुक्त मन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हालेसंगै नेपाल एयरलाइन्सको साख माथि उठाउने बताएका छन्।
बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले नेपाल एयरलाइन्स, नागरिक उड्डयनको क्षेत्रमा जे जोखिम र चुनौती छन्, त्यसलाई हामी समाधान गर्दै अघि बढ्नेछौं । नेपाल एयरलाइन्सको साख जोगाउँछौं, यसलाई माथि उठाउंने बताएका हुन् ।

यस्तो अवस्था बन्नेछ, कुनै दिन ‘वाह नेपाल एयरलाइन्स’ भन्ने हुनेछ । । यसका निम्ति सम्बन्धित पदाधिकारीसँग बसेर हामी छलफल गर्नेछौं । निजी क्षेत्रसँग हामी हरदम हातेमालो गर्नेछौं ।मन्त्री भट्टराईले भने, । ’उनले आफू अपर्झट मन्त्रालय सम्हाल्न आइपुगेको समेत बताए।

मलाई सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेट प्रधानमन्त्री कार्यालयमा बोलाउनुभयो । त्यही बेला मलाई पर्यटन मन्त्रीमा नियुक्त गर्न लागेको जानकारी दिनुभएको हो । हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, पार्टीका सचिवालय सदस्य, जसले मलाई यो पदमा नियुक्तिका लागि सहयोग सल्लाह दिनुभयो, त्यसका निम्ति सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । विशेष गरी मलाई निर्वा्चित गर्ने ताप्लेजुङका मेरा मतदाता, सबै दाजुभाइ दिदीबहिनीप्रति मेरो सम्मान छ ।

म विशिष्ट अवस्थामा म मन्त्री भएको छु । यो मन्त्रालयका अत्यन्तै सिर्जनशील, जागरुक मन्त्री रवीन्द्र अधिकारीको २०७५ साल फागुन १५ गते दुखद घटनामा निधन भयो । त्यसपछि लामो समयसम्म मन्त्रालयको नेतृत्व प्रधानमन्त्री आफैले सम्हाल्नुभयो । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण एक किसिमले मन्त्रालय खाली जस्तै अवस्थामा थियो ।

रवीन्द्र अधिकारीको दुखद निधनले हामीले एउटा असल राजनीतिकर्मी गुमाएका थियौं । मैले एक निकट मित्र गुमाएको थिए । आज परिस्थितिले, घटनाक्रमहरुले उहाँ बस्नुभएको कुर्सीमा म आइपुगेको छु । उहाँसँग मैले सुख र दुख सबै क्षणमा लामो समय बिताएको छु । यो मन्त्रालय उहाँले नै अझै राम्ररी सम्हाल्न सक्नुहुन्थ्यो । यो मन्त्रालयलाई उहाँकै नेतृत्व आवश्यक थियो । तर अफसोच ! प्रकृतिसँग, घटनाहरुसँग हामीले जित्न सक्दैनौं । उहाँलाई हामीले अल्पायुमै असमायिक ढंगले गुमाउनुर्पयो । आज उहाँको एउटा उत्तराधिकारीको रुपमा म यहाँ आइपुगेको छु । यसो भनिरहँदा मलाई गर्व छ ।