नेकपालाई अहिलेको अवस्थामा पुर्याउन शहिद र वेपत्ताहरुको योगदान महत्वपूर्ण : पर्यटनमन्त्री भट्टराई

नेकपालाई अहिलेको अवस्थामा पुर्याउन शहिद र वेपत्ताहरुको योगदान महत्वपूर्ण : पर्यटनमन्त्री भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई अहिलेको अवस्थामा पुर्याउन शहिद तथा वेपत्ताहरुको योगदान महत्वपूण रहेको बताएका छन् ।

तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले नेकपा अहिले जुन अवस्थामा छ त्यो अवस्थासम्म आइपुग्न शहिद तथा वेपत्ताहरुले ठूलो योगदान दिएको बताउँदै उनीहरुले दिएको योगदानको चर्चा गरेर नसकिने बताए ।

भट्टराई मन्त्री नियुक्त भएको भोलिपल्ट पेरिसडाँडा पुगेका हुन् । नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित बिहीबार बिहान पेरिस डाँडा पुगेका भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरका थिए ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि पेरिसडाँडा पुगेर जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरण गर्ने योगेश पहिलो मन्त्री हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेको थियो ।