काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता योगेश भटटराई पर्यटन मन्त्री बनेपछि नेकपाकी नेत्री रामकुमारी झाँक्रीले योगेशलाई भुंग्रोमा हालेको अभिव्यक्ति दिएकी छन् ।
नेत्री रामकुमारीले यसअघि नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई मन्त्री नबन्न पटक–पटक सुझाव दिँदै आएकी थिइन् । योगेशलाइ मन्त्री नहुन रामकुमारीले लामो समयदेखि कसरत गर्दै आइरहेकी थिइन् । अन्ततः योगेशले सपथ लिएपछि रामकुमारीको कसरत खेर गएको छ ।
योगेशले सपथ लिएपछि पार्टी नेता भट्टराईलाई मन्त्री भएकोमा बधाई दिँदै सामाजिक सञ्जालमा रामकुमारीले लेखेकी छिन, ‘आफ्नै कारण अप्ठयारोमा परेकोले केही मुठठी खुकुलो बनाउनु पर्यो । जसको कारण योगेश दाइलाइ मन्त्री बनाइयो । सरकार अलोकप्रियताको भुंग्रोमा छ । दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरो आमा भन्नुहुन्थ्यो,जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ, हार्दिक बधाई अनि शुभकामना ।’
योगेशलाइ प्रधानमन्त्री केपी शर्मा ओलीको दवावले अन्ततः उनी बुधबार मन्त्री भए ।





प्रतिक्रिया