राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भोलिदेखि सुरु

राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम भोलिदेखि सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘सङ्गठन निर्माण बर्ष २०७६’ घोषणा गरेसँगै उक्त वर्षलाई सफलतापूर्वक कार्यान्वयन गर्न आवासीय केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

धुलिखेलको एक रिसोर्टमा साउन २४ र २५ गते सञ्चालन हुने प्रशिक्षणको उद्घाटन पार्टी अध्यक्ष कमल थापाले गर्ने भएकाछन् । सैद्धान्तिक, वैचारिक बिषयसँगै सङगठन निर्माण, जनसंघर्ष, समसामयिक राजनीतिक अवस्था र सूचना प्रविधिको बिषयमा प्रशिक्षण दिइने राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशबाट ६० जनाको सहभागिता रहने बर्तौलाले जानकारी दिए । कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा, महामन्त्री राजेन्द्र लिङ्देन, प्रवक्ता एवं प्रशिक्षण बिभाग प्रमुख भुवन पाठक, सहायक प्रवक्ता रमानन्द न्यौपाने, आईटी इन्जिनियर रोजेश रिजालले लगायतले प्रशिक्षण दिनेछन् ।