प्रधानमन्त्री ओलीले दिए बकर ईदको शुभकामना
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान चाड बकर ईदको शुभकामना व्यक्त गरेका छन् ।
ईद–उल– अज्हा (बकर ईद) को अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस समुदायका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल बहुजातीय र बहुसाँस्कृतिक देश भएकोले यहाँका सबै जाती र सँस्कृतिका चाडपर्वहरुलाई राज्यले उत्तिकै सम्मान गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान छ ।’
कर ईदले आफूलाई मात्र होइन समुदायका गरिब र इस्टमित्रलाई समेत सहयोग गर्न सबैलाई उत्प्रेरित गर्ने प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।