प्रकाशको नाममा विदेशी बैंकमा भएको रकमबारे प्रचण्ड सचिवालयले दियो यस्तो चेतावनी

प्रकाशको नाममा विदेशी बैंकमा भएको रकमबारे प्रचण्ड सचिवालयले दियो यस्तो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले दिवंगत प्रकाश दाहालको नाममा दुबईको बैङ्कमा २१ अर्ब रुपैंयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने समाचारको खण्डन गरेको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दैे दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको हो ।

‘कमरेड प्रकाशको नाममा कुनैपनि विदेशको बैङ्कमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौती दिन्छौ । परिवर्तनका विरोधी, प्रतिक्रान्तिकारी तत्त्वहरुको यसखालका कपोकल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टीपङ्ती एवम् जनसमुदायमा अपिल गर्दछौँ ।यसप्रकारका झुठा प्रचार गर्ने तत्त्वहरुलाई आवश्यक कारवाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौँ,’ प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसलाई प्रचण्डको सचिवालयले कुप्रचार भन्दै घोर भत्र्सना र खण्डन गरेको छ । सचिवालयले जनक्रान्तिका उपलव्धी विरुद्ध प्रतिगामी तत्त्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयासस्वरुप उक्त कुप्रचार गरिएको ठहर गरेको छ ।