विप्लवलाई हिंसात्मक क्रियाकलाप त्यागी वार्तामा आउन परराष्ट्रमन्त्रीको आग्रह

विप्लवलाई हिंसात्मक क्रियाकलाप त्यागी वार्तामा आउन परराष्ट्रमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपालाई हिंसाको बाटो त्यागी वार्तामा आउन आग्रह गरेका छन्।  नेपाल पत्रकार महासंघ गुल्मीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सरकारलाई हिंसा स्वीकार्य नहुने र नागरिको जिउधनको सुरक्षा गर्ने सरकारको दायित्व भएको समेत बताए।

उनले नागरिकमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउँदै विप्लव समूहलाई हिंसात्मक क्रियाकलाप त्यागी वार्तामा आउन आह्वान गरे। ‘हिंसात्मक क्रियाकलाप त्यागे सरकार वार्तामा बस्न तयार छ,’ मन्त्री ज्ञवालीले भने, ‘वार्ताको नाममा आफ्ना कार्यकर्ता छुटाउनका लागि भने वार्ता हुँदैन।’

उनले देशमा नागरिकका प्रतिनिधिहरुले संविधान बनाएको र जनप्रतिनिधिहरुले नागरिकको काम गरिरहेकाले अब कुनै किसिमको आन्दोलन आवश्यक नरहेको उनले बताएका छन् । पछिल्लो समयमा अन्तर्रा्ष्ट्रिय स्तरमा नेपालको छवी राम्रो भएको दाबी गर्दै मन्त्री ज्ञवालीले अन्तर्रा्ष्ट्रिय जगतले नेपालबाट धेरै सिक्न चाहेको दाबी गरे।