‘भ्रमण वर्ष २०२०’ सफल बनाउन प्रधानमन्त्रीको आग्रह

‘भ्रमण वर्ष २०२०’ सफल बनाउन प्रधानमन्त्रीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुख्य पर्यटन क्षेत्र बिकासका लागि कनेक्टिभिटीको ठूलो महत्व रहेकाे बताएका छन् ।

एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बताएका हुन् ।

उनले नेपालको हवाई क्षेत्रमा प्रगति हुँदै गएको बताउँदै भने, ‘नेपालमा दुई नयाँ विमानस्थल बन्दै छ, काठमाडौंको त्रिभुवन अन्तर्राष्ष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रुपमा रुपान्तरण गर्न लागेका छौं ।’

हवाइ क्षेत्रमा देखिएका समस्या समाधानका लागि तयार रहेको बताउँदै उनले नेपालको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन नेपाल भ्रमणमा आउन सबैलाई आग्रह गरे । ‘नेपाल प्रकृतिकै कारण धेरै सुन्दर देश रहेको छ, यहाँ धेरै कुराहरु छन्’ उनले भने ।

सोमबारदेखि सुरु सम्मेलनमा ४३ देशका ४ सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।