प्रहरीलाई दुर्व्यवहार गर्ने पूर्वयुवराज पारसमाथि थालियो छानबिन

प्रहरीलाई दुर्व्यवहार गर्ने पूर्वयुवराज पारसमाथि थालियो छानबिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेका पूर्वयुवराज पारस शाहमाथि छानबिन हुने भएको छ।

उनले आइतबार बेलुका विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीमाथि हातपात गरेपछि जनमानसमा आक्रोस बढेको थियो। महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले पूर्व युवराज शाहमाथि छानबिन गर्ने जनाएको छ।
प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिएपनि घटनाबारे प्रहरी कार्यालय रानीपोखरीले समेत जानकारी राखेको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पहिल्यैदेखि थाइल्यान्डमा छन् ।

थाइल्यान्डमा रहेका ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए । छोरा र भान्जालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै पारस प्रहरीमाथि जाइ लागेका थिए । पारसले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

शाहको व्यवहार देखाउनुअघि प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्काउने खोज्नेको आलोचना गरेका थिए ।