पत्रकार पुडाशैनी आत्महत्या प्रकरणमा बोले प्रदीप पौडेल, के भने ?

पत्रकार पुडाशैनी आत्महत्या प्रकरणमा बोले प्रदीप पौडेल, के भने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति आउनसक्ने भन्दै उक्त घटनाको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् ।

नेता पौडेलले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै भनेका छन्, “पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस् । घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ ।

कसैले पनि आफुप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ । यो नबनोस् । कानुनी राज्यको प्रत्याभूति पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस् । छानविन अगाडि बढाइयोस् ।