अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन : शान्ता चौधरी

अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन : शान्ता चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार शालिकराम पुडाशैनीको हत्या प्रकणमा पक्राउ परेका रवि लामिछानेको सविषयले संसदमा प्रवेश पाएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले पत्रकार पुडाशैनीको आत्महत्याबारे अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको भन्दै त्यसलाई प्रभावित हुनबाट रोक्न सबै राजनितीक दल एक ठाउँमा उभिनुपर्ने बताएकी छन् ।

‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिदैन’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’

चितवनको सडकमा गैरसंवैधानिक खालको नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताइन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।