सशस्त्र प्रहरीको ५ वर्ष : १ अर्ब बढीका चोरी पैठारीका सामान बरामद


काठमाडौं – सशस्त्र प्रहरी बलले बितेका पाँच वर्षमा संगठनले गरेका काम कारबाहीबारे जानकारी गराएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज कुमार श्रेष्ठले बुधबार संगठनले गरेका काम कारबाहीबारे जानकारी दिँदै सशस्त्रले पाँच वर्षमा १ अर्ब २४ करोड ८८ लाख रुपैयाँ बराबरका चोरी पैठारी निकासीका सामान बरामद गरेको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार सशस्त्रले आर्थिक वर्ष २०७१–०७२ मा २० करोड ८६ लाख ७४ हजार ३ सय ५९ रुपैयाँको सामान बरामद गरेको थियो । त्यस्तै आव ०७२–०७३ मा २४ करोड ३१ लाख ४३ हजार १ सय १४ रुपैयाँको, आव ०७३–०७४ मा २१ करोड ५९ लाख ५७ हजार ९ सय ८४ रुपैयाँको चौरी पैठारी निकासीका सामान बरामद गरेको छ । त्यस्तै ०७४–०७५ मा १४ करोड ४२ लाख ४० हजार ९ सय २० रुपैयाँको र आव ४३ करोड ७० लाख ९१ हजार ७ सय ३० रुपैयाँको चोरी निकासीका सामान बरामद गरेको छ ।

४१ थान हतियार र हजारौँ किलो लागूऔषध बरामद
त्यस्तै गत आवमा ४१ थान हातहतियार, २ सय ५८ राउन्ड गोली र म्यागजिन १३ वटा बरामद गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो अवधिमा सशस्त्रले ९ सय ६७ किलो गाँजा, २७ सय किलो नाइट्रोजन ट्याबलेट, ५४ सय किलो नाइट्रोभेट ट्याबलेट, ५ हजार किलो फेनारगन ट्याबलेट, ३४ सय किलो स्पास्मो प्रोक्सिभन ट्याबलेट, २८ सय किलो २८ सय किलो डाइजिपाम ट्याबलेट, ४९ सय किलो नुफिन ट्याबलेट र २१ किलो अन्य लागूऔषधजन्य पदार्थ बरामद भएको सशस्त्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement