बैठकमै भनाभन भएपछि माधव नेपालले प्रधानमन्त्रीलाई पठाए यस्तो सन्देश

बैठकमै भनाभन भएपछि माधव नेपालले प्रधानमन्त्रीलाई पठाए यस्तो सन्देश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधव कुमार नेपालले बिहिबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको टकरावले आफु दुखी भएको बताउँदै व्यक्तिगत सम्बन्धमा दरार ल्याउन नचाहेको सन्देश पठाएका छन् ।

नेता नेपालले नेकपाका केन्द्रिय सदस्य वंशीधर मिश्रद्धारा बिहिबार राति प्रधानमन्त्री ओलीलाई उक्त सन्देश पठाएका हुन् । नेता नेपालले बिहिबार नेकपा सचिवालय बैठकमा सिर्जना भएको माहोलले आफुलाई राम्रो नलागेको बताउँदै आफुले कमजोरी महसुस गरेर सम्बन्ध सहज बनाउन चाहेको सन्देश पठाएका छन् ।

मिश्रले प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्यालमार्फत् यो सन्देश प्रधानमन्त्रीलाई पठाइसकेको बताएका छन् । नेकपाको बिहिबार बसेको सचिवालय बैठकमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच व्यक्तिगत स्तरमै झरेर भनाभन भएको थियो ।

मिश्रले नेपाललाई पछिल्लो बैठकको समाचारले पार्टी र सुभेच्छुकमा गलत सन्देश गएको बताउँदै संयमित हुन सुझाव दिएका छन् ।