ओलीसँग भएको भनाभन श्रीमान श्रीमतीको झगडा जस्तो : माधव नेपाल

ओलीसँग भएको भनाभन श्रीमान श्रीमतीको झगडा जस्तो : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र आफुबीच भएको भनाभनको विषय श्रीमान श्रीमतीको झगडा जस्तो भएको बताएका छन् ।

सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बाल्दै उनले विषय वस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने बताउँदै उनले त्यसलाई श्रीमान श्रीमतीको घर झगडाको रुपमा बुझ्न सुझाव दिए ।

झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

‘नेताहरुबीच भनाभन भयो भनेर चिन्ता र अत्तिनु पर्दैन,’ उनले भने, ‘श्रीमान श्रीमतीको झगडा भयो भन्दैमा बिहे गर्नु नै बेकार रहेछ भन्ठान्नु जस्तै हो ।’

उनले सामाजिक जीवनमा अनेकौँ समस्याहरु आउने उल्लेख गर्दै ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्ने बताए । नेपालले नेतृत्वमा पारिवारिक, राजनीतिकलगायत सबै क्षेत्रका समस्या सुन्ने धैर्यता हुनुपर्ने उल्लेख गर्दै सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे ।

नेता नेपालले ‘फूलको आँखामा फूलै संसार, काडाको आँखामा काडै संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामर्थ्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए ।