काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रविधिको दुरूपयोग गरी मन्त्रिपरिषद् बैठक गरेर जग हँसाउने काम भएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बाल्दै सचेतक खाँणले भिडिओ कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्नु सबैभन्दा ठूलो गल्ति भएको बताए ।
‘उहाँको ठाउँमा कार्यभार सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्री तोकिएको संसदमा नै जानकारी सुन्यौं,’ उनले भने, ‘भिडिओमा हेर्दा प्रधानमन्त्री कार्यरत नै हुनुहुन्छ फेरि कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ । बाहिर रहेका बेला प्रधानमन्त्री नै कार्यरत हुने हो भने कार्यबाहक प्रधानमन्त्री किन चाहियो ? यस्ता गम्भीर गल्ती गर्न हुँदैन ।’
उनले संवदेनशील कुरामा ध्यान दिन आग्रह गरे । ‘सूचना चुहिन्छ । प्रधानमन्त्री र मन्त्रीहरूले गोपनीयताको सपथ खान्छन् त्यो पनि लिक हुन्छ,’ उनले भने, ‘सम्माननीय सभामुखज्यू यहाँ हुनुभएन भने यो बैठक बस्न सक्छ त?’
‘मन्त्रिपरिषद् बैठक सञ्चालन कार्य्विधि संशोधन गरिएको छ । यो गम्भीर विषय हो । यसलाई पूर्ववत अवस्थामै फिर्ता गर्नुपर्छ,’ खाँणले भने ।




प्रतिक्रिया