काठमाडौं– नाडा अटोशोमा साङयोङले नयाँ गाडी सार्बजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले कम्पनीको मुस्सो ग्रान्ड कार सार्बजनिक गरेका छन्।
भृकुटीमण्डपमा आयोजित नाडा प्रदर्शनीमा साङयोङको स्टल नं. एच १४ मा नयाँ गाडी सार्बजनिक गरिएको हो। यसमा अधिकतम छुट दिइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। उपयोगिताको हिसाबले मस्कुलर स्पोर्ट युटिलिटी ट्रकुको बिषेशता यसमा छ। साङयोङको नेपालको लागि आधिकारिक विग्रेता आइएमएस ग्रुपअन्तर्गतको आइएमएस मोटर्स हो । ६ वटा विभिन्न मोडलमा कोरियन लक्जरी सयुभिज् उपलब्ध गराउँदै आएको छ। कम्पनीले रेक्सजन, कोरान्डो, टिभोली, एक्सएलभी र एक्ट्योन स्पोर्ट तथा मुस्सो बजारमा बिक्री गरिरहेको छ।
स्याङयोङले गाडी खरीदमा एक वर्षको बिमा, एक वर्षको सवारी कर, पाँच वर्षको निःशुल्क सर्भि्सिङ्ग, तीन वर्षको बारेन्टी, मासिक सरल किस्ता र उचित ब्याजदर सुविधा दिने छ। मासिक किस्तामा किन्न सकिने कारमा २५ हजारसम्मको एसिसोरिज पाइने छ। यसको सुरुवाती मूल्य ७३ लाख ९९ हजार रुपैयाँ रहेको छ।
साङयोङ कोरियाको चौथौ ठूलो गाडीहरु उत्पाद गर्ने कम्पनी हो । सन् १९५४ देखि सुरुवात गरिएको यस कम्पनीको गाडीहरु आफ्नो आधुनिक स्टाईल अनि उत्कृष्ट प्रदर्शनको लागि विश्वभर प्रख्यात छन् ।





प्रतिक्रिया