भृकुटीमण्डप पसल भाडा प्रकरण: परिषद्लाई डेढ करोड घाटा

भृकुटीमण्डप पसल भाडा प्रकरण: परिषद्लाई डेढ करोड घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपभित्र रहेको फनपार्कसँगै जोडिएको खाली जग्गामा राखिएका पसलहरू छानबिनमा तानिने डरका कारण हटाउन लगाएको पाइएको छ। ती पसलहरू बिनाप्रतिस्पर्धा राख्न दिइएकाले अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लागिएको हो।

फनपार्क र ल्यामःपुचःलाई भाडामा दिइएको भन्दा बाहेकको करिब तीन रोपनी क्षेत्रमा फैलिएको जग्गामा बिनाप्रतिस्पर्धा टहरो बनाई पसल राख्न लगाइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा भृकुटीमण्डप हाताभित्रको ६० रोपनी जग्गा फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गई अनियमितता गरेको भन्दै पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

विशेष अदालतमा मुद्दा दायर भएसँगै बिनाप्रतिस्पर्धा भाडामा दिइएको उक्त पसल बन्द गराइएको थियो। केही महिनादेखि ती पसलहरू केही हटाइए भने केहीमा जस्ताले बारेर राखिएको छ। ती पसल कसले बन्द गराएको हो भन्ने विषय अहिलेसम्म खुलेको छैन। ती पसल अनुसन्धानको घेरामा पर्ने डरले हटाउन लगाइएको समाज कल्याण परिषद् स्रोतले जनाएको छ। ती पसलहरू भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलपट्टिको ढोकातिर निस्कने बाटोभरि थिए। याे खबर समाचारपत्रमा छ ।