बुटवल – सुर्खेतमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ९३ २७ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका–५ हर्रे पुलिसचौकीको एमाले मोडमा आज (बुधबार) दुर्घटना भएको हो ।
मृत्यु भएकाहरूको परिचय खुलिसकेको छैन । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय भेरीगंगा क्लिनिक, सुर्खेत र बाँकेको कोहलपुर लगिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




प्रतिक्रिया