कोलकाता – भारतको कोलकातास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन (सिएफएस) सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहीबार उद्घाटन गरे।
सो अवसरमा उनले भने, ‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने छ। व्यापार लागत कम गर्नु पनि हाम्रो आवश्यकता हो। समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नारा नै हो, सरकारले संकल्प गरेको समृद्धिका लागि उद्योग व्यापार सप्रिनुपर्छ। सिएफएस उद्घाटन हुनु भनेको त्यस दिशामा पहिलो महत्वपूर्ण कडी हो।
मन्त्री यादवले नेपालको आफ्नो जहाजको कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग्य गर्नेहरुले निकट भविष्यमै उक्त सपना साकार भएको हेर्न पाउने दाबी गरे। उनले कोलकाता पोर्ट ट्रस्टको समन्वयमा कार्यान्यवन हुने गरी उक्त योजना बन्न लागेको बताए।
नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेड (एनटिडब्लुसी) का अध्यक्ष मधुकुमार मरासनीको अध्यक्षतामा भएको कार्यक्रममा भारतका लागि नेपालका महावाणिज्य दूत एकनारायण अर्यालले यो संरचना स्थापना हुनु भनेको तेस्रो मुलुकसँगको व्यापार व्यवस्थापनमा नेपालले फड्को लिनु भएको टिप्पणी गरे। याे खबर नागरिक दैनिकमा छ ।




प्रतिक्रिया