पूर्वसांसद गुप्तालाई अपहरण मुद्दामा १० वर्ष कैद 

पूर्वसांसद गुप्तालाई अपहरण मुद्दामा १० वर्ष कैद 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत पाँचजनाविरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ।

न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जितबहादुर गोले भनिने विकास लामा, अमीर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको छ।

यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलो अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो। त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो। गुप्ता २०६८ माघमाव्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार र फिरौतीबापत ८५ लाख रुपैयाँ लिने अभियुक्त हुन्।

सात वर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामा नै जेलमुक्त भए। उनको बाँकी ३ वर्ष ६ महिना कैद सजाय मिनाह भएको हो। पूर्वसांसद गुप्ता तत्कालीन सद्भावना पार्टीका नेता थिए। डिल्लीबजरा कारागारमा रहँदा पनि उनी गैरकानुनी गतिविधिका कारण विवादमा पर्दै आएका थिए। याे समाचार कान्तिपुर दैनिकमा छ ।