काठमाडौं – मोरङको कानेपोखरी गाउँपालिका–६ घर भएका ३६ वर्षीय दीपक तामाङको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बिशंखुपाखर गाउँपालिका–१ घर भई काठमाडौं बौद्ध महांकाल बस्ने १९ वर्षीय मनोज लामा रहेका छन् ।
गत असार ३१ गते राति सवा ११ बजे सुकेधारास्थित एक हार्डवयर पसल अगाडि टाउकामा चोट लागेर अचेत भएको अवस्थामा तामाङलाई सडकमा प्रहरीले भेटेको थियो । टाउकामा गहिरो चोट लागेको अवस्थामा फेला परेका तामाङको बाँसबारीस्थित न्युरो अस्पताल उपचारकै क्रममा मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न भएका लामालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार पक्राउ गरेको हो । उनले अपराध स्वीकार गरिसकेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।




प्रतिक्रिया