म्याग्दी – उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा चारजना घाइते भएका छन् ।
रघुगंगा हाइड्रो लिमिटेडद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर २ बाट क्याम्पतर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा चालक र तीन इन्जिनियर घाइते भएका हुन् ।
घाइतेमध्ये म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका चालक ओमबहादुर पुन र सर्वेयर बुद्धिसागर न्यौपानेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । दुर्घटनामा सख्त घाइते उनीहरुलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाडाैं रेफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।
त्यसैगरि दुर्घटनामा घाइते सिभिल इन्जीनियर विसन घिसिङ र शैलेस शाक्यको बेनी अस्पतालमै उपचार भइरहेको छ । उनीहरुको पनि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको आयोजनाले जनाएको छ ।




प्रतिक्रिया