ललिता निवास जग्गा प्ररकरण : ५८ जनालाई अख्तियारमा सात दिनभित्र हाजिर हुन निर्देशन

ललिता निवास जग्गा प्ररकरण : ५८ जनालाई अख्तियारमा सात दिनभित्र हाजिर हुन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बालुवाटारको ललिता निवासको जग्गा किनबेच गरेका सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ।

त्यसक्रममा बुधबार ५८ जनाको सूची सार्वजनिक गर्दै ७ दिन भित्र अख्तियारमा हाजिर हुन भनेको छ। ५८ जनामध्ये ५४ जना कुनै न कुनै रुपमा बालुवाटारको जग्गा खरिदविक्रीमा जोडिएको अख्तियारले जनाएको छ।

बयानका लागि बोलाइएका मध्ये दुई जना गुठी संस्थानका कर्मचारी हुन् भने अरु दुई जनाको विवरण खुलाइएको छैन।