काठमाडौं – प्रहरीले गोली प्रहार गरि खुंखार अपराधी सत्यराज योगी अर्थात सन्तोष दासलाई पक्राउ गरेको छ ।
एक व्यक्तिको हत्या गर्न ‘सुपारी’ लिएका दास भारतमा बसेर व्यापारी धम्क्याउँदै पैसा असुली गर्दै आइरहेका थिए । दास नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले वीरगञ्जस्थित राधेमाई क्षेत्रबाट गोली हानेर पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
पैदल आउँदै गरेका दासले प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दै गर्दा नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । दासको दाहिने घुँडामा गोली लागेको छ ।
गोली लागेर घाइते भएका दासको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । दासको साथबाट प्रहरीले म्यागजीनसहितको टाईप ५४ मोडेलको पेस्तोल, १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा रहेको खैरो रङ्गको १७० ग्राम धुलो पदार्थ पनि बरामद गरेको छ ।




प्रतिक्रिया