कपनमा ग्याङफाइट, खोटाङका सञ्जय राईको मृत्यु

कपनमा ग्याङफाइट, खोटाङका सञ्जय राईको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मङ्गलबार राती कपनमा दुई समूहबीच ग्याङफाइट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ घर भई कपनस्थित आदर्शनगर बस्दै आएका १८ वर्षीय सञ्जय राई रहेका छन् ।

९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सञ्जयको हत्यामा संलग्न संखुवासभाका ३१ वर्षीय प्रेम राई र इलामका २६ वर्षीय सुसान राईलाई प्रहरीले बुधवार बिहान बौद्धको सिस्टाटारबाट पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।