काठमाडौं – सीता एयरको ड्रोनियर जहाजको एउटा इन्जिन आकाशमै फेल भएको छ ।
लुक्लाबाट आएको सीताको नाइनएन–एजेएच नेपाली दर्ता नम्बर भएको उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएपछि पाइलटले जहाज सकुशल काठमाडौं अवतरण गराएका छन् ।
क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको हो ।
सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यकाअनुसार उक्त जहाज आज बिहान ८ः५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो ।
कुनै पनि यात्रु नभएको उक्त जहाज र उडान दलका सदस्यमा कुनै पनि क्षति नपुगेको उनले जानकारी गराएका छन् ।




प्रतिक्रिया