खेल क्षेत्रलाई अझ प्रभावकारी बनाउन आईजीपी खनालको निर्देशन

खेल क्षेत्रलाई अझ प्रभावकारी बनाउन आईजीपी खनालको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खेलकुदको स्तर उन्नतिका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित समारोहबीच एक दिवसीय खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै आईजीपी खनालले खेलकुद विकासको संवाहक रहेको चर्चा गर्दै नेपाल प्रहरीका खेलाडीले उच्चस्तरको खेल प्रदर्शन गर्दै नेपाल प्रहरीको साथसाथै राष्ट्रको गर्व, इज्जत र प्रतिष्ठा बढाउन उच्च नैतिकता र अनुशासनका साथ आफ्नो कौशल प्रदर्शन गर्न आवश्यक रहेको बताए ।

प्रहरी महानिरीक्षक खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न खेलकुदका विधाहरुलाई स्थानीय क्लबहरुसँग समन्वय गरेर नेपाल प्रहरी अगाडि बढ्ने बताए । नेपाल प्रहरीले अहिलेसम्म खेलकुदमा गरेका उपलब्धीहरुलाई जगर्ना गरी अझ राम्रो खेल प्रदर्शन गर्दै अगाडि बढ्न खेलाडीहरूलाई निर्देशन दिए । अनुशासित संगठनका खेलाडीले खेलमार्फत अझै बढी अनुशासन झल्काउन पर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीका खेलाडीहरुले विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाई राष्ट्र विकास र संगठनको मान प्रतिष्ठालाई अन्तर्रा्ष्ट्रिय क्षेत्रसम्म र्पुयाएको योगदानको चर्चा गरे ।

समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शर्पा र काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपक केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, नेपाली सेना खेलकुद प्रमुख महासेनानी शशिकिरण रायमाझी, प्रहरी वरिष्ठ अधिकृतहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, नेपाल प्रहरीका खेलाडीहरु र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको