एमसीसी संसदबाट पारित गरिदिन अमेरिकी राजदूतले गरे प्रधामन्त्रीसमक्ष आग्रह 

एमसीसी संसदबाट पारित गरिदिन अमेरिकी राजदूतले गरे प्रधामन्त्रीसमक्ष आग्रह 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा छलफल भएको थियो । 

राजदूत बेरीले भेटमा चिनियां विदेशमन्त्री वाङ्ग यीको भ्रमणपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई उदृत गर्दै चिनले जारी गरेको विज्ञप्तीको वारेमा समेत चासो व्यक्त गरेको स्रोतको दावी छ । 

भेटमा अमेरिकी राजदूत बेरीले एमसीसी परियोजनालाई संसदबाट पारित गरिदिन समेत आग्रह गरेका थिए । अमेरिकाले एमसीसीलाई संसदबाट पारित गर्न सरकारलाई आग्रह गरेपनि उक्त प्रस्ताव संसद सचिवालयमा पुगेर रोकिएको छ । सभामुख कृष्णबहादुर महराले उक्त प्रस्ताव संसदमा पेश नगरेपछि अमेरिका असन्तुष्ट बनेको छ । 

अमेरिकी दूतावासले भने प्रधानमन्त्रीसंगको भेटमा यसअघि भएका प्रतिवद्धताको प्रगतिका बारेमा छलफल भएको जनाएको छ । 

राजदूत बेरीले अमेरिका र नेपाल दुबैतिरका जनताहरूको लागि हित हुनेगरी नेपाल(अमेरिका साझेदारीलाई नयां उचाइमा पुर्याउन गर्नुपर्ने कामहरूको बारेमा निरन्तर लागिरहने प्रतिवद्धता दोहोर्याएको दूतावासले  जनाएको छ।