काठमाडौं – आज (बुधबार) काठमाडौं उप्यकासहित देशैभरको मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम बदली भई केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो पनि देशका पूर्वदेखि पश्चिमसम्मका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद मञ्जु वासीले बताइन् । दिउँसोभन्दा राति मौसमी गतिविधि केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन् ।




प्रतिक्रिया