नेपाल प्रहरीका तीन एआईजीको सरुवा

नेपाल प्रहरीका तीन एआईजीको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका तीन एआईजीहरुको सरुवा भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राई, प्रहरी प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्की र राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको सरुवा गरेको हो ।

स्रोतका अनुसार एआईजी राई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा भएका छन् । प्रतिस्ठानमा कार्यरत एआईजी कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडी उक्त विभाग नेतृत्वबिहिन रहेकाे थियो ।

श्रोतका अनुसार एआईजी बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको छ ।