करेन्ट लागेर होटल सञ्चालकसहित तीन जनाको मृत्यु

करेन्ट लागेर होटल सञ्चालकसहित तीन जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – धनुषाको एक होटलमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजबाट करेन्ट लागेर गएराति होटल सञ्चालकसहित तीन जनको मृत्यु भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा होटेल सञ्चालक ५५ वर्षका शिवकुमार महतो, उनकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला कामदार रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । काम गर्ने महिला र होटेल सञ्चालककी श्रीमतीको नाम भने खल्न सकेको छैन ।