काठमाडौं । प्रहरीले झापामा विप्लव समूहले विस्फोटक पदार्थ भण्डारण गरेर राखेको गोदाममा छापा हानेर ठूलो मात्रामा बारुदजन्य विस्फोटक पदार्थ बरामद गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–१ सिस्नेस्थित एक व्यक्तिको घरमा भण्डारण गरेको गोदाममा जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले छापा हानेको हो । जुटको बोरामा लुकाईछिपाई भण्डारण गरी राखेको अवस्थामा नियोजेल लेखिएको २०५ लोला ‘हाइ एक्सप्लोसिभ’ बरामद भएको प्रहरीले जनाएको छ ।
झण्डै २५ किलो विस्फोटक पदार्थ विप्लव समूहले विभिन्न क्षेत्रमा विस्फोटनका लागि त्यहाँ भण्डारण गरेर राखेको थियो । उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टिका पोखरेलले एक महिनाअघि स्थानीयको घरमा भण्डारण गरेर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।




प्रतिक्रिया