प्रहरीले ब्ल्याकमेल गरेपछि महराविरुद्ध उजुरी दिएको पिडित महिलाको दाबी

प्रहरीले ब्ल्याकमेल गरेपछि महराविरुद्ध उजुरी दिएको पिडित महिलाको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी प्रयासको आरोप लगाउने महिलाले आफुले बाध्य भएर उजुरी दिएको बताएकी छन् ।

हिमालखवर अनलाइनसंगको कुराकानीमा उनले प्रहरीले आफूलाई ‘इमोशनल ब्ल्याकमेल’ गरी उजुरी दिन बाध्य पारेको दाबी गरेकी छन् ।  महरालाई उनले सुरुमा जर्वजस्ती करणी गरेको आरोप लगाउंदै भिडियो अन्र्तवार्ता दिएकी थिईन । पछि उनले आरोप सत्य नभएको भन्दै नागरीकखबर अनलाइनमा अर्को  अन्र्तवार्ता दिएकी थिईन । उनले आरोप लगाएपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए । त्यसपछि उनिविरुद्ध महिलाले किटानी जाहेरी दिएपछि महरा पक्राउ परेका थिए ।

हिमाल खबर डट कममा पिडीत महिलाले यस्तो भनेकि छन्–

१५ असोजमा एक हुल प्रहरी कोठामा आए । म एक्लै थिए । कुराकानीका क्रममा मलाई निवेदन लेख्न भने । एउटा खेस्रा पनि बनाइदिए ।

१७ गते बिहान त्यो निवेदन भएन अर्कै लेख्नुर्पयो भने । म बाहिर निस्किनै लागेकी थिए । तर, प्रहरीले ‘डीएसपी साबले केही कुरा गर्न बोलाउनु भएको छ’ भने । होला भन्ठानेर हामी (म र श्रीमान) गयौं ।

प्रहरीकोमा पुगेपछि एकजना महिला प्रहरीले मलाई एक्लै राखेर काउन्सिलिङ गर्न थाल्नुभयो । उनीसंग अर्का पुरुष पनि थिए । खाजा पनि खुवाए । परिवारको सदस्यजस्तै कुराकानी भयो । त्यसपछि निवेदन लेख्न भने । मैले आफ्नै सुरमा लेखें पनि । तर, त्यो हुंदैन भनेर खेस्रा दिएर लेख्न लगाए ।

मैले लेखेको निवेदन कसै गरे पनि बाहिर सार्वजनिक हुंदैन भने । तर, २४ घण्टा नबित्दै मैले उजुरी दिएको समाचार बनेर आयो । मैले त्यसपछि डीएसपीलाई फोन गरें तर हुने कुरा त भइसकेको थियो ।

म आफैं काउन्सिलर हुँ, काउन्सिलिङ गर्दा बन्द कोठामा गरिएको कुराकानी गोप्य राख्नुपर्छ भन्ने सिकेको हो । त्यसकारण पनि मलाई प्रहरीसंग विश्वास छैन । प्रहरीले खेल खेलिरहेको छ । मिडियाले मैले बोलेको बंग्याइटिंग्याइ लेख्छ । जहां पनि राजनीतीकरण मात्र हुन्छ ।

असोज १८ गते ‘तपाईं असुरक्षित हुनुहुन्छ होला, अर्को ठाउँ लैजान्छौं’ भन्दै आएका थिए । तर मैले यहीं सुरक्षित छु भनें । तर, म कहीं पनि सुरक्षित छैन । मलाई जसले जे पनि गर्न सक्छ, जस्तो लाग्छ । तपाईं (पत्रकार) हरु पनि मलाई केही नसोध्नू, अब जे भन्छु अदालतमा मात्र भन्छु । अदालतले गर्छ, जे गर्छ ।

मेरो सुरक्षाको लागि भनेर प्रहरी खटाएको छ, तर उसैले घर देखाउंदै पठाउंछ । मलाई थाहै नदिई रातको १२ बजे पनि मान्छे आउंछन् । एक्लै छु, एक्लै ‘फेस’ गरेर बसेकी छु । कोही साथ दिने बसेका छैनन् । कोठाकोठामा चियोचर्चो गर्ने माफियाहरु छन् ।

श्रीमानले पनि ‘डिभोर्स’ दिइसकेको भन्दै एक्लो भनेर फाइदा उठाउनेहरु पनि छन् । तर जन्मेदेखि संघर्ष गर्दै आएको म जुधेर, भिडेर खान सक्छु । हार खांदिन । सत्य, असत्य बाहिर आइहाल्छ । लड्ने म हो, दुनियांले टाउको दुखाउनुपर्दैन ।

यहाँ नियम, नैतिकता र मानवीयता कसैको छैन, न कसैको राम्रो नियत छ । कोही दूधले नुहाएका छैनन्, गहुंतले चोख्याएर पनि चोखिंदैनन् । यहां सबै महिला पीडित छन्, तर न्याय पाएका छैनन् ।

न्याय दिन्छु भन्ने नाममा परिवार बिगार्ने काम भइरहेको छ । समाज बिग्रिरहेको छ ।

निर्मला पन्तको केसमा जतिजनाको डीएनए टेष्ट र्गयो, सबैको नाम प्रहरीले नै बाहिर ल्यायो । के उनीहरुको गोपनीयता भंग भएन ?

डिप्रेसन भएको भनेर मलाई पागल बुझ्छन् । ‘हाइप्रोफाइल’ सँग नाम जोडियो भनेर घटनालाई उचाल्छन् । को हाइप्रोफाइल ? सबै मान्छे समान हो । पत्रकारहरुले ‘डिप्रेसन’लाई पागल जसरी प्रस्तुत गरे ।

यही लेख्दिनुस्, प्रहरी प्रशासनले मेरो गोपनीयता भंग र्गयो ।