काठमाडाैं आइपुगे चिनियाँ राष्ट्रपति

काठमाडाैं आइपुगे चिनियाँ राष्ट्रपति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा अवतरण गरेका छन्। चिनियाँ राष्ट्रपति सी ४ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्।

सी भारतको चेन्नाइमा अनौपचारिक भ्रमण सकेर नेपाल भ्रमणमा आएका हुन् । उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्।