काठमाडौं – चिनियाँ राष्ट्रपति सी चीङफिङलाई नेपाली सेनाको विशेष टुकडीले गार्ड अफ अनर प्रदान गरेकाे छ। त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा समकक्षी सीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले स्वागत गरेपछि नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेकाे हो।
राष्ट्रपति सीको भ्रमणलाई सरकारले उच्च प्राथमिकता दिँदै उहाँका नेपाली समकक्षी विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थलमा पुगेर सीको स्वागत गरेका थिए । यसका साथै मन्त्रिपरिषद्का सदस्यहरु पनि सीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
उहाँको स्वागतका लागि सडकमा पनि सरकारी कर्मचारी, खेलाडी लगायतको बाक्लो उपस्थिति रहेको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडाैंकाे सोल्टी क्राउन प्लाजा रात्रिभोजको पनि आयोजना गरेकी छन् । झण्डै २३ वर्षपछि चीनबाट हुन लागेको उच्चस्तरीय भ्रमणबाट नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ लिने र विभिन्न सम्झौतामा सहमति हुने जनाइएको छ ।चिनियाँ राष्ट्रपति सी साढे ४ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गरेका हुन्। उनी एयर चाइन मार्फत नेपाल आएका हुन्। दुईदिने नेपाल भ्रमणमा आएका राष्ट्रपति सी सोमबार दिउँसो साढे १२ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया