काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि सरकारी कर्मचारीहरु सडकमा उत्रिएका छन् ।दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ ।
सी केही समय अगाडि मात्रै काठमाडौं आइपुगेका छन् । चाइना एयरको विशेष विमानमार्फत काठमाडौं आइपुगेका सी विमानस्थलबाट केही समय आरामका लागि काठमाडौंको ताहाचलस्थित सोल्टी होटेल पुग्नेछन् ।
निजामति कर्मचारीसहित विभिन्न सरकारी संस्था र संस्थानमा कार्यरत कर्मचारीहरु सीको सवारी हुने बाटोमा स्वागतका लागि उत्रिएका हुन् । सरकारले काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालयका सबै कर्मचारीलाई सीको स्वागतका लागि सडकमा उत्रिन उर्दी जारी गरेको थियो ।





प्रतिक्रिया