काठमाडाैं – चिनियां राष्ट्रपति सी जिनपिङ त्रिभुवन विमानस्थलबाट होटेल सोल्टी तर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी दुई दिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौं पुगेका हुन् । आएका सीलाई विमान स्थालमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।
सीको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिसभा अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, मुख्यमन्त्री र विशिष्ट सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । विमानस्थलमा सम्मान गारथ ग्रहण गरेसँगै सी केहीवेरको विश्रामका लागि ताहचलस्थित होटल सोल्टी प्रस्थान गरेका छन् । उनी तीनकुने, वानेश्वर, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै होटल पुगेकाछन् ।
उनको सवारी रुट पर्ने सडक पूर्ण रुपमा खाली गरिएको छ भने विभिन्न स्थानमा सडकको दायावाँया सीको स्वागतका लागि सर्वसाधारण उपस्थित भएका छन् । केही बेर आराम गरेसँगै सी राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि शीतलनिवास जानेछन् ।






प्रतिक्रिया